पात्रो

रेडियो

समाचार खोजी

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

साझा अर्थ संवाददाता २१ असार २०८२, शनिवार


मन्थली : आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् ।    
    
 बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् ।    
    
 विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती समुदायका विभिन्न १० स्थानमा भाषा तथा संकृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ ।    
    
 भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका–८ गाइखुराका वालकृष्ण माझीले बताउनुभयो ।    
    
 रामेछापको मन्थली नगरपालिकास्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक। हात्तिटार, सेलेघाट भटौली र खाँडादेवी गाँउपालिकाको रजगाँउ गरी माझी समुदाय रहेको विभिन्न स्थानमा माझीरुको भाषा र संस्कृतिका वारेमा पढाइ हुने गरेको छ ।    
    
 पछिल्लो पुस्ताले भाषा, संस्कृति धर्म संस्कार नविर्सिउन भनेर जिल्लाका १० स्थानमा आफ्नो संस्थाको आयोजनामा यो कार्यक्रम सञ्चालनमा रहेको मजे सावा रामेछापका संयोजक श्रीबहादुर माझीले बताउनुभयो ।    
    
 माछा मार्नु, बिभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्यौली पेशा हो । नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश नदी तथा घाटमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण अहिले उनीहरुको पुख्र्यौली पेशा लोप हुने अवस्थामा पुगको छ ।    
    
 भाषा र सस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको छ ।    
    
 सङ्घीय तथा स्थानीयस्तरका भाषाविज्ञलाई परिचालन गरी हरेका दिनको बिहान दिनको दुई घण्टा माझी भाषासहित संस्कार र संस्कृतिका बारेमा पढाउने गरिएको छ ।    
    
 यो भाषा पढेपछि आफूजस्ता बालबालालिका धेरैलाई माझी भाषा र संस्कृतिसम्बन्धि जानकारी भएको ले यो कायर्कक्रम फाइदाजनक भएको स्थानीय विद्यार्थी सम्रता माझीले बताउनुभयो    
    
 रामेछापमा मझी भाषा मात्र हैन, हायुको भाषा, मगरको भाषा, नेवारी समुदायको भाषाजस्ता भाषा लोप हुने अवस्थामा छन् । स्थानीय सरकारले आफ्नो पालिकामा रहेका विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृति जोगाउन आवश्यक पहल गर्न सके माझीको मात्र हैन सबै जातजातिको भाषा र संस्कृति जोगिने स्थानीय समाजसेवी गुन्जबहादुर बताउनुहुन्छ ।    

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्