पात्रो

रेडियो

समाचार खोजी

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

साझा अर्थ संवाददाता १९ असार २०८२, बिहिवार

मुस्ताङ, १९ असारः उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण गरेको छ । लोमान्थाङ गाउँपालिकाले त्यहाँका स्थानीय परिवारको आर्थिक अवस्थामा सुधार पुगोस भनेर च्याङ्ग्राको माउ वितरण गरेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षीक कार्यक्रमअनुसार त्यहाँका ३५ विपन्न परिवारलाई एक सय च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक दिलिप पुर्जाले जानकारी दिनुभयो । लोमान्थाङका विपन्न नागरिकको जीवनस्तर उकास्न पाँचवटै वडामा सात सातवटा च्याङ्ग्राको माउ वितरण गरिएको हो । गाउँपालिकाले विपन्न नागरिकलाई च्याङ्ग्रा वितरण गर्न रु १० लाख खर्च गरेको प्राविधिक पुर्जाले बताउनुभयो । विपन्न परिवारलाई उनीहरुको जिवनस्तर उकास्न दुई वर्ष उमेरको प्रजनन् अवस्थाको वयस्क च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।

229 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु