काठमाडौंः हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अठारौं साधारणसभा सम्पन्न भएको छ । साधारण सभा मंगलवार सम्पन्न भएको हो ।
सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३ सय ६ रुपैयाँको ८ प्रतिशत को दरले हुने ७३ करोड १४ लाख ५८ हजार ९ सय ८४ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै गत आबको वार्षिका प्रतिवेदन स्वीकृत गर्ने लगायतका निर्णय गरेको कम्पनीले जनाएको छ ।

साझा अर्थ संवाददाता