काठमाडाै: गलादेशले नेपालको अपर (माथिल्लो)कर्णाली जलविद्युत आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने योजना अन्यौलमा परेको छ।
बंगलादेश सरकारले स्पेसल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौता स्थगित गर्ने निर्णय गरेसँगै जिएमआर कम्पनीसँगको सम्झौता रद्द गर्ने तयारी भइरहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।
बंगलादेशी अधिकारीहरूलाई उद्धृत गर्दै नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अनिश्चित भएको उल्लेख गरेका छन्।
नेपालको ९०० मेगावाट क्षमताको जिएमआर अपर कर्णाली जलविद्युत आयोजनाबाट बिजुली लैजाने विषय तीन देशीय मोडलमा कार्यान्वयन गरिने यल्लेख गरिएको थियो।
तर बंगलादेशले हालै निर्णय गर्दै यसलाई अघि नबढाउने संकेत दिएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (ऊर्जा विकास बोर्ड) का अध्यक्ष इन्जिनियर रेजाउल करिमले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले स्पेसल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेको बताएका छन्।
166
Shares