पात्रो

रेडियो

समाचार खोजी

खानी खोला हाइड्रोपावरले पायो हकप्रद शेयर जारी गर्ने अनुमति

साझा अर्थ संवाददाता ११ असार २०८२, बुधवार

काठमाडौंः खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत  हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट मम्पनीले सो अनुमति प्राप्त गरेको हो ।

कम्पनीले १ः१ अनुपातमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जानकारी दिएको छ ।  कम्पनीले हकप्रद सेयरबाट उठ्ने रकम बैंकको ऋण भुक्तानीमा खर्च गर्ने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेकोमा, हकप्रद सेयरपछि यो रकम दोब्बर भई ९३ करोड १४ लाख पुग्ने छ । कम्पनीको सेयर बिक्रीको व्यवस्थापन सिटिन्स क्यापिटलले गर्ने भएको छ ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु