काठमाडौंः बुधवार पनि नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । बुधावार १७ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि १५ सय घटेको छ ,। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९२ हजार मा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला २० रुपैयाँले घटेकोछ । आज चाँदी प्रतितोला २ हजार १४० रुपैयाँमा कारोवार भइरहेको छ
साझा अर्थ संवाददाता