काठमाडौंः नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला सत्र सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी २१ सय ६० रुपैयाँ कारोबार भइरहेको छ । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २१ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
साझा अर्थ संवाददाता