पात्रो

रेडियो

समाचार खोजी

आइपिओ बिक्री गर्दै स्वस्तिक लघुवित्त

साझा अर्थ संवाददाता ८ असार २०८२, आइतवार

   काठमाडौँ:  नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले यही असार ५ गते सो संस्थालाई रु दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।    
    
माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । त्यसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघुबीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले रु दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार नौ सय बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।    
    
त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् ।    

203 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ