दोलखाः पुर्व राष्ट्रपति नन्दबहादुर पुनले देशमा बैज्ञानिक समाजवाद ल्याउनकालागि अझै पनि वर्ग संघर्षको आवश्यकता रहेकोमा जोड दिनु भएको छ । सोमबार प्रताप स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरामा जोड दिनुभएको हो ।
२३ औं प्रताप स्मृति दिवसको कार्यक्रमलार्य सम्बोधन गर्दै नेपालको वर्तमान संविधानले परीकल्पना गरेको समाजवाद प्राप्त गर्न सबै एकतावद्ध भएर लाग्नु पर्ने बताउनु भयो । यसकालागि अझै वर्ग संघर्ष आवश्यक भएको उहाँको भनाई थियो । पूर्ण रुपमा समाजवाद स्थापना गर्नकालागि तयार रहन पनि उहाँले उक्त अवसरमा आग्रह गर्नु भयो ।
साझा अर्थ संवाददाता