काठमाडौंः उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पूँजी बजारमा नयाँ नयाँ उपकरण भित्र्याउन आग्रह गर्नुृ भएको छ ।
आइतबार बोर्डको ३३औँ वार्षिकोत्सवका अवसरमा बोल्दै सो आग्रह गर्नू भएको हो । अर्थमन्त्री पौडेलले लगानीकर्ताले ढुक्क भएर कारोबार गर्ने वातावरण बनाउन नयाँ उपकरण ल्याउन सुझाव दिनुभएको थियो ।
‘सेबोनले इन्साइडर ट्रेडिङलाई रोक्न सक्नुपर्छ, पूँजीबजारका सन्दर्भमा हुने टिप्पणी, इन्साइडर ट्रेडिङ जस्ता अपारदर्शी काम रोकेमा मात्रै यस क्षेत्रको विकास र विस्तार हुन्छ,’ अर्थमन्त्री पौडेलले भन्नु भयो, ‘बोर्डले नीतिगत प्रक्रियामा पनि पारदर्शीता अपनाउन सक्नुपर्दछ।’
मन्त्री पौडेलले हालै सार्वजनिक भएको बजेटले सेयर बजारलाई प्राथमिकतामा राखेको समेत दाबी पनि गर्नु भयो ।
साझा अर्थ संवाददाता