पात्रो

रेडियो

समाचार खोजी

वातावरणीय अपराध रोकथामका लागि सचेतना तालिम

साझा अर्थ संवाददाता ११ भदौ २०८१, मङ्गलवार

चितवन: अमेरिकी विकास सहयोग नियोग (युएसएड)को जलजङ्गल परियोजना (अमेरिकी जनता)को सहयोगमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी एक दिवसीय सचेतना तालिम सुरु गरिएको छ । मध्यवर्ती र सामुदायिक वनहरुमा तालिम सुरु गरिएको हो । इनोभेटिभ भिजन प्रालिले चितवन राष्ट्रिय निकुञ्जका सबै मध्यवर्ती सामुदायिक वनका र २४ सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई एक दिनका दरले यसै साताबाट तालिम दिन सुरु गरेको हो । तालिमको संयोजन गरिरहनुभएका वातावरण पत्रकार कोमलचन्द्र भगतका अनुसार इनोभेटिभ भिजन प्रालिका वातावरणविद् डा नानीमैया सुजखु, सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा रविशर्मा अर्याल, केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुख हेमन्त मल्ल र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका पूर्वमहानिर्देशक फणिन्द्रराज खरेलले तयार गर्नुभएको कार्यपत्रका आधारमा स्थानीय स्रोत व्यक्तिले प्रस्तुतीकरण गरेर तालिम दिनुभएको छ । भगतका अनुसार एउटा कक्षामा ४० देखि ४५ जना सहभागी हुनेछन् । तीमध्ये आधा महिला हुनुपर्ने व्यवस्था गरिएको छ । तालिम सेप्टेम्बर महिनाभित्रमा सम्पन्न गर्नेगरी भइरहेको भगतले जानकारी दिनुभयो । गएको आइतबार मृगकुञ्ज मध्यवर्ती सामुदायिक वनबाट तालिम सुरु भएको हो । चोरी–सिकारी नियन्त्रण युवा जागरण अभियान मृगकुञ्जका अध्यक्ष एवं तालिमका सहजकर्ता वसन्त रानाका अनुसार तालिमले ऐन कानुनका विषयमा समेत उपभोक्ताहरुलाई पूर्णरुपमा जानकारी गराएर संरक्षणमा टेवा पु¥याइने छ । यो तालिममार्फत देशभरका १० हजार जनालाई वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेजना जगाउने लक्ष्य लिइएको छ ।

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता