अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नाडा अटो शो २०२४ मा लञ्च
मूल्य रु ३,२४,९०० बाट सुरू
भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कूटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रा.लिले नाडा अटो शो २०२४ मा बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर लञ्च गरेको । जसको मूल्य रु. तीन लाख २४ हनार नौ सय निर्धारण गरिएको छ ।
अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नेपाली बजारमा १२५सीसी प्रिमियम स्कूटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कूटरहरू मध्ये एक हो । युवावर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाईन गरिएको यो स्कूटरको नयाँ भेरिएण्टमा केही अपडेटहरू पनि गरिएको छ । जसले यसलाई अझ शार्प र स्पोर्टी बनाएको छ ।
यस स्कूटरमा अब २२० एमएमको भेन्टिलेटेड डिस्क लुब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ, जसमा कम्बि–ब्रेकिङ सिस्टमलाई स्ट्याण्डर्डको रूपमा राखिएको छ । यसले स्कूटरको नियन्त्रण र सुरक्षालाई अझ उत्कृष्ट बनाउँछ । साथै, यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ, जसले एकै नजरमा आवश्यक जानकारी प्रदान गर्दछ । रातीको यात्रामा स्पष्टसँग देखिनका लागि र सुरक्षा सुनिश्चित गर्न यसमा एलईडी हेडल्याम्पहरू थपिएका छन् । यसको अपडेट गरिएको बडी ग्राफिक्स र रंगहरुले यसलाई थप आकर्षक बनाएको छ । ठूलो १२–इन्चको एलोय ह्वील्स र टेलिस्कोपिक फ्रन्ट फोर्क्स, साथै पछाडिको मोनोशकले स्कूटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ ।
डेल्टा अटोकोर्प प्रा.लि. का निर्देशक तथा सीईओ श्री विजय के. महतोले भन्नुभयो, “हामी हाम्रो स्पोर्टी अप्रिलिया ब्राण्डमार्फत नयाँ उत्पादनहरू प्रस्तुत गर्न पाउँदा खुशी भएका छौं । प्रिमियम इटालियन ब्राण्डहरू मार्फत, हाम्रा उपभोक्ताहरूको अनुभवलाई अझ स्मरणीय बनाउँने हाम्रो प्रतिबद्धता रहेको छ । नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ ले रोमाञ्चक सवारी प्रदर्शनलाई पूरा गर्न हाम्रो प्रविधि प्लेटफर्मलाई थप मजबुत बनाउँदै बजारमा नयाँ मापदण्डहरू सेट गरेको छ । ’’
लन्चको साथमा, डेल्टा अटोकोर्प प्रा.लि. ले नाडा अटो शो २०२४ का लागि “सेभिङ्स एक्स्ट्राभागेन्जा स्किम“ को घोषणा गरेको छ । यो स्किममा अप्रिलिया वा भेस्पा स्कूटर बुक गर्ने ग्राहकहरूले रु. १५,००० देखि रु. ७५,००० सम्मको छुट पाउन सक्नेछन् । साथै, शोको समयमा बुक गर्ने ग्राहकहरूले अनर २०० वा अनर २०० प्रो मोबाइल फोनको खरीदमा ५% छुटको विशेष अफर पनि पाउन सक्नेछन् ।
अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटरले यसको स्टाइल, प्रदर्शन र अत्याधुनिक सुविधाहरूको संयोजनले सवारी अनुभवलाई माथि उठाउँदै, नेपालमा १२५सीसी प्रिमियम स्कूटर वर्गमा आफ्नो अग्रणी स्थानलाई अझ सुदृढ गर्नेछ ।