sajhaartha.com ११ पुष २०८१, बिहिवार
११ पुष २०८१, बिहिवार
26th, December 2024, Thursday
ताजा खबर

नाडा अटो सो– २०२४ आजदेखि सुरु

११ भदौ २०८१, मङ्गलवार साझा अर्थ संवाददाता
101
Shares

नाडा अटो सो– २०२४ आजदेखि सुरु भएको छ । १६ भदौ ९६ दिन०सम्म भृकुटीमण्डपमा सञ्चालन हुने १६औँ संस्करणको अटो सो उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।
 
मेलामा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ ब्रान्डका हलुका कमर्सियल गाडी, १६ वटा कम्पोनेन्ट ब्रान्ड र सातवटा बैंक तथा इन्स्योरेन्स कम्पनीका स्टल रहने नाडाले जनाएको छ । 

यसपटकको अटो मेला पनि पूर्णतया विद्युतीय सवारीसाधनमय हुने देखिएको छ । नेपाल भित्रिएका अधिकांश विद्युतीय अटोमोबाइलले अटो सोमा भाग लिन लागेका छन् । 
नाडाका अनुसार मेलामा प्यासेन्जर कार सेगमेन्टमा सुजुकी, ओमोडा, जेको, टाटा, हुन्डाई, काई, किया, लिपमोटर्स, सिट्रोन, रिडारा, आयोन, निटा, अवतार, एक्सपाङ, डिपल, नामी, सेरेस, जिकर, बिवाइडी, हेनरी, भोल्ट, स्काइवेल, एमजी, महिन्द्रा, बिएडब्लू रहेका छन् । जसमध्ये सुजुकीसँग आइसी इन्जिनवाल गाडी मात्र रहेका छन् । यस्तै, टाटा, हुन्डाई, कियालगायत ब्रान्डले आइसी र इभी दुवै मोडल प्रदर्शनीमा राख्नेछन् । मेलामा चिनियाँ विद्युतीय ब्रान्डको दबदबा रहने स्पष्ट देखिएको छ ।

दुईपांग्रे सवारीसाधनमा गोगोरो, सिएफ मोटो, जिहो, गारो, इलेक्ट्रिक वान, जनसन, रोयल इनफिल्ड ९बुलेट०, बजाज, ट्र्याम्फ, एथर, एनआइयू, हिरो, याडिया, बेनेली, यामाहा, सुजुकी, भेस्पा, अप्रिलिया, बिएमडब्लू, टिभिएस ब्रान्ड सहभागी भएका छन् । 

यस्तै, हलुका कमर्सियल सेगमेन्टमा सोकोन, फोटोन, गोनाओ, स्काइवर्थ, एसआरएम, डोङफेङ, सिएचटिसी, कामा, विलिङ, हाइगर, केवाइसी, किङलङ, कामा, हालमर्भलगायत ब्रान्ड सहभागी हुने नाडाले जनाएको छ ।

 

साझा अर्थ संवाददाता
११ भदौ २०८१, मङ्गलवार

101

Shares

सम्बन्धित समाचार