sajhaartha.com ११ पुष २०८१, बिहिवार
११ पुष २०८१, बिहिवार
26th, December 2024, Thursday
ताजा खबर

छिमेकी मुलुुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिने

१० भदौ २०८१, सोमवार साझा अर्थ संवाददाता
160
Shares

काठमाडौँः प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताउनुुभएको छ । काठमाडौंमा आयोजित एक काईक्रममा उहाले उक्त कुरा बताउनु भएको हो । 
पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य-प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्तपन्न नहुने बताउनु भयो ॥
 एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड नेपालले प्रयोग नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले आफूहरुले कसैको कुुभलो नचिताउने उक्त अवसरमा बताउनु भयो । नेपलको भूमि कसैका विरुद्ध पनि प्रयोग हुन नदिने प्रतिवद्धता उक्त अवसमा ब्यक्त गर्नु भयो  ।  विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा नेपाल संवेदनशील भएको उहाँको भनाई थियो । 
प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गर्नुभयो । उहाँले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी हुनु युुगान्तकारी काम भएको दावी गर्नु भयो । 
तत्कालीन परराष्ट्रमन्त्री थापाले चीनसँगको उक्त सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राख्न सक्ने नेताका रुपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको उक्त अवसमा बताउनु भएको थियो ।

साझा अर्थ संवाददाता
१० भदौ २०८१, सोमवार

160

Shares

सम्बन्धित समाचार