sajhaartha.com ११ पुष २०८१, बिहिवार
११ पुष २०८१, बिहिवार
26th, December 2024, Thursday
ताजा खबर

कृषि अनुदानको रकम लगेर काम नगर्नेहरूलाई कारबाही : कृषि मन्त्री रामनाथ अधिकारी

१० भदौ २०८१, सोमवार साझा अर्थ संवाददाता
123
Shares

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदानको रकम लगेर काम नगर्नेहरूलाई कारबाही गर्ने बताएका छन् । 

मन्त्री अधिकारीले विभिन्न परियोजनाका लागि अनुदान लिएर दुरुपयोग गर्नेको सूची सार्वजनिक गर्ने दाबी गरेका छन् । अनुदान दुरुपयोग हुने क्रम रोक्नका लागि विगतमा दुरुपयोग गर्नेको सूची सार्वजनिक गर्न लागिएको उनको भनाइ छ । ‘कृषि अनुदानमा व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल मन्त्रालयद्वारा अनुदान लानेको नाम सार्वजनिक गरिनेछ,’ उनले भने, ‘अनुदान कुम्ल्याउने, तर जरो किलो पनि नहुनेलाई कानुनको दायरामा ल्याइनेछ ।’

कृषकको वर्गीकरण गरी किसान कार्ड वितरण गरिने र किसानलाई प्रोत्साहन गर्न अनुदानलाई किसान सूचीकरणसँग जोडी प्रभावकारी बनाई कृषि अनुदानमा रहेको दोहोरोपनासमेत हटाउने उनको योजना छ ।

कृषिमन्त्री अधिकारीले भने, ‘कृषि अनुदानमा रहेको दोहोरोपना हटाउँछौँ । अनुदानको रकम व्यापक दुरुपयोग भएको भन्ने गुनासो आएको छ । अनुदान लानेको नाम तत्कालै मन्त्रालयले सार्वजनिक गर्दैछ । अनुदान कुम्ल्याएर काम नगर्नेहरूलाई कारबाही गर्छौँ ।’

त्यस्तै, उनले किसानहरुले पाउन बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्ने तयारीमा रहेको समेत जानकारी दिए । किसानले पाउनु पर्ने रकम एक अर्ब ३६ करोड रहेको जानकारी दिँदै उनले दशैं अगाडी नै किसानहरुले पाउने भुक्तानी दिने जानकारी दिए ।  

उखु किसानहरूलाई एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेकाले त्यो रकम पनि मन्त्रालयले दिने तयारी गरिरहेको मन्त्री अधिकारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।  

कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणको स्पष्ट मार्गचित्र तयार गरी कार्यान्वयन गर्ने समेत उनले प्रतिबद्धता जनाए । 

साझा अर्थ संवाददाता
१० भदौ २०८१, सोमवार

123

Shares

सम्बन्धित समाचार