पात्रो

रेडियो

समाचार खोजी

पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको भीड

साझा अर्थ संवाददाता १० भदौ २०८१, सोमवार

काठमाडौ : ललितपुरको पाटनमा रहेको  कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै  मन्दिर दर्शनार्थीको भीड लागेको हो । 
आज हिन्दू धर्मावलम्बीहरुले  श्रीकृष्णजन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो  । त्यसैले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, बकासुर , कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।  कृष्णले महाभारत युद्ध हुने समयमा अर्जुनलाई दिनु भएको उपदेशको संग्रह श्रीमद्भागवत गिता विश्व चर्चित ग्रन्थ हो । पाटनको कृष्ण मन्दिर कृष्ण भक्तहरुकोलागि विशेस पवित्र मन्दिर मानिन्छ ।

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्