पात्रो

रेडियो

समाचार खोजी

रोलवालिङ क्षेत्रमा क्षति ग्रस्त पदमार्ग मर्मत तथा नयाँ पदमार्ग निर्माण

साझा अर्थ संवाददाता ९ भदौ २०८१, आइतवार

दोलखाः गौरिशंकर गाउँपालिका वडा नम्बर नौ को रोलावालिङ क्षेत्रमा असार २१ गते को बाढीले बगाएको पदमार्गका केही भाग मर्मत तथा सफाई गरिनुका साथै स्थानीयलाई आवत जावत गर्न सहज होस भनी बैकल्पीक पदमार्गको समेत निर्माण गरिएको छ । स्थानीय सरकारको पहलमा सो पदमार्ग मर्मत तथा सरसफाई र बैकल्पीक पदमार्ग निर्माण गरिएको हो । 
स्थानीयलाई आवत जावत गर्न न्यूनतम सुविधा मिलोस भन्ने उद्देश्यले वडा नम्बर नौ को सिक्री खोला देखि समदरसुरी महादेव खोला सम्म करिब ३ किलोमिटर बाटो मर्मत तथा सरसफाई सम्पन्न गरिएको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमागेली शेर्पाले जानकारी दिनुभयो । यसै गरी आवत जावतमा सहजहोस भनी पदमार्गमा पर्ने खोलाहरुमा काठेसाँघुहरुको पनि निर्माण गरिएको उहाँको भनाई रहेको छ । 
यस्तै बेदीङको  माङक्यपा हुँदै दोक्रोरे वैकल्पिक पैदल मार्ग निर्माण अभियान सम्पन्न भएकोे वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । सो  बाटो बाढीले बगाएकोले मानिस हिड्नकालागि करिब साँढे २ किलोमिटर नया बाटो निर्माण गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । सामान्य भएपनि पदमार्ग निर्माणले स्थानीयलाई आवतजावत गर्न सहज हुने उहाँको भनाई रहेको छ ।

तस्विर साैजन्य: वडाध्यक्ष ङिमागेली शेर्पा

375 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्