पात्रो

रेडियो

समाचार खोजी

बाढीले विस्थापित करिब तीन लाख बङ्गलादेशी आपतकालीन आश्रय स्थलमा

साझा अर्थ संवाददाता ८ भदौ २०८१, शनिवार

(रासस / एएफपी):भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपतकालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।  

भारी मनसुनी वर्षाका कारण यस हप्ताको सुरुदेखि बङ्गलादेश र भारतमा कम्तीमा ४२ जनाको मृत्यु भएको  स्रोतले जनाएको छ ।  

आफ्नो घर पूर्ण रूपमा डुबानमा परेकाले आश्रय स्थलमा बस्नु परेको भारतको त्रिपुरा राज्यको सीमा नजिकैको सबैभन्दा बढी प्रभावित जिल्लाका बासिन्दा लुफ्टन नाहरले फेनीको राहत आश्रय स्थलबाट बताउनुभयो ।  

सयौँ नदीहरूले घेरिएको  बङ्गलादेशमा पछिल्लो समय बारम्बार बाढीले जनजीवन प्रवाभित पारिरहेको छ ।

बाढीका कारण राजधानी ढाकालगायत मुख्य बन्दरगाह सहर र चटगाँवबीचको राजमार्ग तथा रेलवेहरू क्षतिग्रस्त हुदाँ बाढी प्रभावित जिल्लामा पुग्न गाह्रो भएको छ भने व्यापारिक गतिविधिमा पनि बाधा पुगेको छ ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कोक्स बजार हो, जहाँ छिमेकी म्यानमाका करिब दश लाख रोहिंग्या शरणार्थीहरूको बसोबास रहेको छ ।

विपद् व्यवस्थापन मन्त्रालयका सचिव मोहम्मद कामरुल अनुसार बङ्लादेशमा बाढीका करण थप १८ जनाको मृत्यु भएको छ । उहाँले बाढीका कारण ४५ लाख मानिसको जनजीवन प्रभावित भएको र तीमध्ये दुईलाख ८५ हजार मानिसहरु आपतकालीन आश्रयमा बसिरहेको बताउनुभएको । 

271 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्