यस्ता छन् मन्त्रिपरिषदका निर्णय
सरकारले मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गरेको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुईजना मन्त्रीहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । यसैगरी सोही बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष शिवराज अधिकारीलाई विदेश भ्रमण जान अनुमति दिने निर्णय गरेको छ ।
उनी भदौ ११गतेदेखि १३ गतेसम्म उज्वेकिस्तानमा हुने मल्टी डाइमेन्सनल प्रोभर्टी पिर नेटवर्कको बैठकमा सहभागी हुन जाँदैछन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी आगामी कात्तिक २२ गतेदेखि २४ गतेसम्म कोलम्बियाको बोगोटामा हुने बालबालिकाविरुद्धको हिंसा अन्त्यबारेको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन जाँदैछन् । उनको भ्रमण पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।
त्यसैगरी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी आगामी भदौ २७ र २८ गते ब्राजिलमा आयोजना हुने ‘वान प्लानेट नेटवर्क फोरम–२०२४’ मा भाग लिन जाँदैछन् । सो भ्रमणलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
हेर्नुहोस् मन्त्रिपरिषदका निर्णयहरू :
129
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
कर्णाली विकास बैंक समस्याग्रस्त घोषित
-
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
-
कजाकिस्तानमा ६७ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, २५ जना जीवितै उद्धार
-
एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न
-
पाँच महिनामा सवा तीन लाख बैदेशिक रोजगारीमा, मंसिरमा मात्रै ८४ हजारले लिए श्रम स्वीकृति
-
ग्लोबल आइएमई बैंकद्वारा हाटबजार सञ्चालन