पात्रो

रेडियो

समाचार खोजी

भारतीय पर्यटक बोकेको बस मस्र्याङ्दीमा खस्यो

साझा अर्थ संवाददाता ७ भदौ २०८१, शुक्रवार

 

तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा भारतीय बस खसेको छ । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए ।


आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी मा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बसमा ४० जना सवार रहेको जानकारी आएको बताए । 

बस सडकबाट तल खसेर मर्स्याङ्दी नदीमा पुगेको छ । भीरभरी घाइतेहरू अड्किएको देखिएका छन् ।

 दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ ।

64 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्