पात्रो

रेडियो

समाचार खोजी

मन्त्री आवास निर्माण द्रुत

साझा अर्थ संवाददाता ६ भदौ २०८१, बिहिवार

काडमाडौः सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर १८ भैँसेपाटीमा निर्माणाधीन भवनहरु दशैं सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम दु्रत गतिमा भइरहेको छ ।  दसैँसम्म सबै काम पूरा गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख मचाकाजी महर्जनले जानकारुी दिनुभयो । मन्त्री आवास निर्माणका लागि विसं २०७६ कात्तिक २७ गते हनुमान कन्स्ट्रक्सनले ठेक्का लिएर पहिलो चरणको काम सुरु गरेको थियो । 
पहिलो चरणअन्तर्गत भवन निर्माण काम सकिए पनि स्वीमिङपुल, पाकिङ, हेलिप्याडलगायत दोस्रो चरणको काम भइरहेकाले आगामी दसैँसम्म पूणर्ता दिने योजनाको लक्ष्य रहेको आयोजना प्रमुख महर्जनको भनाई रहेको छ । उहाँका अनुसार प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित सङ्घीय मन्त्रीका लागि २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न भएका छन् ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता