नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँमा कायम थियो ।
यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा कायम भएको छ । बुधबार दिन यसको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम थियो । यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार २ सय ३० रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५६९रुपैयाँ रहेको छ ।
साझा अर्थ संवाददाता