sajhaartha.com १० पुष २०८१, बुधवार
१० पुष २०८१, बुधवार
25th, December 2024, Wednesday
ताजा खबर

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन

६ भदौ २०८१, बिहिवार साझा अर्थ संवाददाता
108
Shares

एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा रहेका छन् ।

कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरु सातै प्रदेशमा कार्यन्वयन भइरहेका छन् । 

देशव्यापी रुपमा समुदाय स्तरमा आवश्यक रहेको विकास कार्यका लागि आवहान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरुको मुल्यांकन गरि छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरु छनौट गरि कार्यन्वयनमा ल्याइएको कम्पनीले बताएको छ ।

छानिएका परियोजनाहरुमा बाग्मती प्रदेशको लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्यूजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रर्वद्घनको कार्यक्रम तथा शिक्षा सम्बन्धी कार्यक्रमहरु छन् भने गण्डकी प्रदेशमा शिक्षा क्षेत्र अन्तर्गत विभिन्न कारणले गर्दा स्कूल जान छाडेका तथा स्कुलबाट बाहिररहेका बच्चाहरुलाई पुनः स्कूल पठाउनको लागि स्कूल फर आउट अफ स्कूल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्य सम्बन्धि न्यूट्रिसन, वास सम्बन्धि कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रर्वद्घनको लागि ग्रिन बक्स कार्यक्रम छन् ।

त्यसैगरी, कोशी प्रदेशको लागि ६ हजार जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणको लागि आउने पर्यटकहरुको सुरक्षाको लागि जनसचेतना कार्यक्रमहरु छन् । लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरुमा ग्रिन स्कूलको अवधारणा विकासको लागि परियोजना सञ्चालन भइरहेको छ । 

मधेश प्रदेशमा युवाहरुको क्षमता विकास तथा जिबिकोपार्जनको लागि सिप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्रि तथा शैक्षिक विकासका कार्यक्रम छन् । सुदूर पश्चिम प्रदेशका ५ वटा मोडल स्कुलमा स्टेम एजुकेशन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरुको तालिम तथा विकासका आयोजना रहेका छन् भने नविकरणिय उर्जा प्रवर्द्धन सम्बन्धि परियोजनाहरु संचालनमा रहेका छन् । कर्णाली प्रदेशमा वास सम्बन्धि व्यापक कार्यक्रम तथा फोहरमैला वर्गिकरण तथा फोहरबाट कम्पोस्ट मलको उत्पादन सम्बन्धि कार्यक्रमहरु छन् । 

आयोजनाको अवधारणा, यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यन्वयन क्षेत्र, प्रस्ताव पेश गर्ने संस्थाको अनुभवलगायतका आधारमा सामाजिक कार्यहरु छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय उर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरु कार्यन्वयनमा छन् ।

 एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले सातै प्रदेशमा कार्यन्वयन हुँदै गरेका यस प्रकारका परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा विश्वस्त रहेको बताइन् ।

दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरुप कम्पनीले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना संचालनका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । 

कम्पनीले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको बताएको छ । 

साझा अर्थ संवाददाता
६ भदौ २०८१, बिहिवार

108

Shares

सम्बन्धित समाचार