यस्तो छ आजको मौसमको पूर्वानुमान
काठमाडौँः अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
त्यसैगरी आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
98
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
कर्णाली विकास बैंक समस्याग्रस्त घोषित
-
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
-
कजाकिस्तानमा ६७ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, २५ जना जीवितै उद्धार
-
एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न
-
पाँच महिनामा सवा तीन लाख बैदेशिक रोजगारीमा, मंसिरमा मात्रै ८४ हजारले लिए श्रम स्वीकृति
-
ग्लोबल आइएमई बैंकद्वारा हाटबजार सञ्चालन