काठमाण्डौ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न सर्बोच्च अदालतमा परेको रिट खारेज भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले बुधवार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको रिट खारेज गरेका हुन् ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न अधिवक्ता कृष्णबहादुर थापा लगायतले दायर भएको रिट खारेज भएसँगै निजी क्षेत्रलाई लाइसेन्स दिने बाटो सहज भएको छ ।
साझा अर्थ संवाददाता