इन्द्रावती नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
काठमाडौः जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुक्खा पहिरोका कारण इन्द्रावती नदीमा बाढी आउनसक्ने भन्दै नदी आसपासका स्थानीयहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आज आएको सुक्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएर बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
“पाँचपोखरी गाउँपालिका-७ र ८ मेलम्ची नगरपालिका-७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका-१०, ११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीयलाई सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।
कार्यालयले आवश्यक परेमा नजिकको सुरक्षा निकाय, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिकामा र कार्यालयको फोन नम्बर ९८५१२४३०८४, ०११६२०४७० मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
साझा अर्थ संवाददाता
३ भदौ २०८१, सोमवार
130
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
-
बोरा बिछ्याएर पढिरहेका विद्यार्थी र सात वर्षदेखि तलब नपाएका एक शिक्षकप्रति स्थानीय सरकार उदासीन भएको गुनासो
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
-
डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै
-
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन महिनापछि माथिल्लो तामाकोशीबाट सुरु भयो विद्युत उत्पादन