पात्रो

रेडियो

समाचार खोजी

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

साझा अर्थ संवाददाता २५ फागुन २०८१, आइतवार

कञ्चनपुर, २५ फागुन: प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताउनुभएको छ । 

 सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह तथा विशेष सभामा उहाँले गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्नुहुँदै उहाँले विश्वविद्यालय बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।“यो खुसीको कुरा हो” उहाँले भन्नुभयो, “नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।” 

 

डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको उहाँँले बताउनुभयो । त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता प्रधानमन्त्री ओलीले  व्यक्त गर्नुभयो । 

 

फरक प्रसङ्गमा प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँड प्रारम्भ हुने बताउनुभयो । सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको जानकारी पनि उहाँले दिनुभयो । 

दीक्षान्त समारोहका विशेष अतिथि भारतको उत्तराखण्डका सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्रा डा सतपालसिंह हुनुहुन्थ्यो । आज तीन सय ७२ जना दीक्षित भएका छन् । मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा उनीहरुले स्नातक र स्नातकोत्तर उपाधि हासिल गरेका छन् । 

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु