पात्रो

रेडियो

समाचार खोजी

देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता

साझा अर्थ संवाददाता २४ फागुन २०८१, शनिवार


वीरगञ्ज (पर्सा), २४ फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गर्नुभएको छ । राप्रपाले आज यहाँ आयोजना गरेको जनसभामा उहाँले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गर्नुभएको हो । 

मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै उहाँले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताउनुभयो ।  एक दशक अघिसम्म मुलुकको  बाह्य र आन्तरिक ऋण रु सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो रु २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गर्नुभयो । 

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु