काठमाडौंः सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर पाँचको थामेबस्ती बाढीको चपेटामा परेको छ । बाढीको चपेटामा सिंगो थामे बस्तीनै परेको छ । दिउँसो टासिलाप्चा नजिकैको क्षत्रबाट हिमताल फुटेर भिषण बाढी आएर बस्तीने बाढीको चपेटामा परेको पासाङ ल्हामु गाउँपालिकाका कर्मचारी रामबहादुर थामीले जानकारी दिनुभयो । बाढीका कारण दूधकोशीमा समेत जलसतह तिब्ररुपमा बढेको उहाँको भनाई रहेको छ । बाढीबाट केकति क्षतिभयो त्यसको विवरण भने आइसकेको छैन ।
तस्विरः राम थामीको फेसबुकबाट
साझा अर्थ संवाददाता