नेपाल टेलिकमको शुक्रबार राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ ।
कम्पनीले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले सेवा प्रभावित हुने उल्लेख गरेको छ । कम्पनीले ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य शुक्रबार राति गर्दै छ । त्यसक्रममा साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने कम्पनीले बताएको छ । कम्पनीले शुक्रबार सूचना जारी गरी उक्त जानकारी दिएको हो ।
यसका साथै कम्पनीले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको पनि बताएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमासमेत मागेको छ ।सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि कम्पनीले भनेको छ ।
साझा अर्थ संवाददाता