पात्रो

रेडियो

समाचार खोजी

मर्मतसम्भारको अभावमा जीणर् बन्दै औलिया मठ

साझा अर्थ संवाददाता ३२ साउन २०८१, शुक्रवार

धरानः  चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीणर् भएका छन् ।

बराहक्षेत्र नगरपालिका- १ मा  चतरा गुठीको स्वामित्वका ती तत्काल मर्मतसम्भार हुनुपर्नेमा महन्त विनायक पुरीले जोड दिनुभएको छ ।

मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीणर् बनाकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उहाँको माग छ । उहाँले धार्मिक एवं पुरातात्विक महत्वका यस्ता सम्पदा संरक्षणको दायित्व समाजका सबै वर्गको भएको बताउनुभयो । जीणर्ोद्वारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । 

महन्त पुरीका अनुसार शिवालयभित्रको स्वणर्जडित शिवलिङ्ग, शिवलिङ्गको स्वणर्जडित नाग, स्वणर्जडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरको द्वारा निर्मित अष्टभूजा  भैरवको मूर्ति, औलिया बाबाको गद्दी तत्काल जीणर्ोद्वार गर्नुपर्ने भएको छ । धर्मशास्त्रले खण्डित मूर्ति पूजा गर्न नहुनेमा जोड दिएको उहाँले बताउनुभयो । (रासस)

286 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ