आज बिहीबार पनि घरेलु बजारमा सुनचाँदीको भाउ बढेको छ। बुधबार प्रतितोला १ लाख ७० हजार ५ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको छ
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ६ सय ५ रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँ तय भएको छ ।
साझा अर्थ संवाददाता