पात्रो

रेडियो

समाचार खोजी

अध्यादेश चाँडै पारित हुने छः मन्त्रि गुरुङ

साझा अर्थ संवाददाता ३ फागुन २०८१, शनिवार

दोलखा : सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रबक्ता पृथ्वी सुब्बा गुरुङले सरकारले ल्याएको अध्यादेश चाँडै पारित हुने बताउनु भएको छ । शनिवार सदरमुकाम चरिकोटमा नेकपा एमाले दोलखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । 
उत्पादन विकास गर्न अर्थतन्त्र सँग गाँसिएका तथा अन्य तत्काल गरिहाल्नु पर्ने आवश्यकतालार्य मध्येनजर गर्दै ल्याइएको अध्यादेशको सबै क्षेत्रबाट स्वागत भइरहेको बताउँदै मन्त्री गुरुङले अध्यादेश पारित गर्नकालागि सबै दलसँग छलफल अगाडि बढिरहेको जानकारी दिनुभयो । 
एक फरक प्रसंगमा मन्त्री गुरुङले  संविधान संशोधनकालागि  सबै दलको सहमतीकालागि आवश्यक गृह कार्यभइरहेको बताउनु भयो । संघियता कार्यन्वयनकालागि निजामती सेवा ऐन तथा प्रहरी ऐन संसदको यही अधिवेशनमा पास गर्नेगरी आगाडि बढाइएको बताउनुहुँदै शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने गरी शिक्षा ऐन ल्याउनु पर्ने भएकोले यो अधिवेशनमा शिक्षा ऐन भने पारित नहुन पनि सक्ने उहाँको भनाई थियो । साथै सकारी सञ्चार माध्यमलाई स्वायत्त बनाउनेतर्फ सरकारले काम गरिहेको उहाँको दावी थियो । यस्तै समाजिक सञ्जाललाई नियन्त्रण गर्न नभई नियमन गर्न विधेयक संसदमा पेश गरिएकोमा त्यो सरकारले फिर्ता नलिने बताउँदै संसदमा माननीयहरुले संशोधन मार्फत त्यसमा रहेका दण्ड जरिवानाका कडा प्रावधानहरुलाई लाई कम गर्न सक्ने  गुरुङले बताउनु भयो ।

299 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु