पात्रो

रेडियो

समाचार खोजी

इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान

साझा अर्थ संवाददाता २७ माघ २०८१, आइतवार
काठमाडाैः चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ । आज बोर्डले सूचना सार्वजनिक गर्दै निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ‘इ–बिडिङ’मार्फत आवेदन दिन सक्ने जनाएको छ । 
 
बोर्डका अध्यक्ष दिनेश डिसीले धेरै वर्षदेखि देखिएको चलचित्रकर्मीको सपना छिट्टै पूरा हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्र छायाङ्कनका लागि यो नेपालीकै भव्य स्टुडियो बन्ने छ । यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढङ्गको सुटिङस्थल प्रदान गर्नेछ, त्यसकारण यो सम्पूर्ण चलचित्रकर्मीको पर्खाइको एक सपना हो ।” 
 
बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयनमा जान सकेको थिएन । स्टुडियोको शिलान्यास दुई महिनाभित्रै गर्ने योजना रहेको अध्यक्ष डिसीले बताउनुभयो ।
 
“मैले बोर्डमा अध्यक्षका रुपमा पद सम्हालेदेखि नै गरिरहेको कार्यले अहिले मूर्तरुप पाउँदै छ, स्टुडियोसँगै अहिले आवश्यक रहेको नयाँ चलचित्र नीति पनि छिट्टै पाउने छौँ”, अध्यक्ष डिसीले भन्नुभयो । उहाँले २०८२ साल वैशाख १ गतेदेखि ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यसले चलचित्र भवनमा भएको व्यापार छिटोभन्दा छोटो चलचित्र निर्मातासम्म पुर्याउन मद्दत गर्छ ।
135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु