sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र सबै प्रदेशमा स्थापना गर्ने मन्त्री पौडेलको घोषणा

२९ साउन २०८१, मङ्गलवार साझा अर्थ संवाददाता
132
Shares

काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ ।  विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुुरमा आयोजित एक कार्यक्रममा मंगलवार मन्त्री पौडेलले उक्त घोषणा गर्नु भएको हो ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई  आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको तथा यो कार्यन्वयन हुने पौडेलले बताउनु भयो । तत्काल यो काम कोशी प्रदेशबाट सुुरुगरिने उहाँको भनाई रहेको छ । 
भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले अरु प्रदेशमा पनि कामको थालनी गर्ने गरी तयारी भइरहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषद्मा आफूले प्रस्ताव लैजाने आश्वासन दिनुुभयो ।

साझा अर्थ संवाददाता
२९ साउन २०८१, मङ्गलवार

132

Shares