पात्रो

रेडियो

समाचार खोजी

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

साझा अर्थ संवाददाता २९ साउन २०८१, मङ्गलवार

म्याग्दीः म्याग्दीको अन्नपूूणर् गाउँपालिका-६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीणर् बनेको थियो । साथै बेनी-जोमसोम-कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो । 
बेनी-जोमसोम-सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीणर्ोद्वार गरिएको राममन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो । उहाँका अनुसार रु २४ लाख ७० हजार सात सय ५० को लागतमा मन्दिर पुनःनिर्माण भएको हो । “मन्दिर पुुनःनिर्माणका लागि रु १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी-जोमसोम-कोरला सडक आयोजनाले हालसम्म रु १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ”, अध्यक्ष गिरीले भन्नुभयो, “रु चार लाख ७४ हजार सात सय सात चन्दा सहयोग, रु एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौँ ।” रु दुई लाख ८० हजार आठ सय ५६ ऋण रहेको मन्दिर पुनःनिर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप रु एक लाख ६७ हजार तीन सय ३९ भुुक्तानी गर्न बाँकी छ ।अन्नपूूणर् गाउँपालिकाको रु १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूणर्ता दिन यस आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख विनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मूर्ति राख्न बाँकी छ । मन्दिरभित्र हिन्दू धर्मावलम्बीहरूका भगवान् रामको मूर्ति राखिसकिएको छ । घेराबार र हनुमानको मूर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताउनुभयो । 
हिन्दुु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूूणर् गाउँपालिकाको केन्द्रसमेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताउनुभयो । (रासस)

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ