पात्रो

रेडियो

समाचार खोजी

बाजुराका विद्यार्थीलाई  राडीपाखी बुनाइ तालिम

साझा अर्थ संवाददाता १७ माघ २०८१, बिहिवार


बाजुरा, १७ माघः जिल्लाको बडीमालिका नगरपालिकाले बुधबारदेखि मालिका नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम सञ्चालन गरेको छ । 

तालिम प्रारम्भ गर्दै नगरप्रमुख अमरबहादुर खड्काले विद्यार्थीलाई आत्मनिर्भर बनाउन तालिमको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले रैथाने सीपको सदुपयोग गर्दै पालिकामा बेरोजगार रहेका युवा र विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउने गरी तालिम सञ्चालन गरिएको बताउनुभयो । विद्यार्थीलाई सीप सिकाउने र व्यावसायिक बनाउन तालिम आयोजना गरिएको उहाँको कथन थियो ।  

पालिका उपप्रमुख नन्दाकुमारी थापाले सिकेको सीप अध्ययन पूरा भएपछि व्यवहारमा उतार्न तथा आर्थिक रुपमा आत्मनिर्भर हुन तालिमेहरुलाई आग्रह गर्नुभयो । 

बडीमालिका नगरपालिकाको आयोजना, मालिका मावि र नेपाल भोटे जनजाति महासङ्घ बाजुराको समन्वय तथा आइ ल्याब काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालित तालिममा १२ जना सहभागी छन् । रासस

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु