काठमाडौं । प्रभु हेलिकप्टर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले फागुन ४ गते बस्ने तेस्रो बार्षिक साधारण सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सभामा अध्यक्षको आर्थिक वर्ष २०८०र०८१ को बार्षिक प्रतिवेदन छलफल गरेर पारित गर्ने, उक्त आवको वासलात पारित गर्ने, लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक तोक्ने, सञ्चालकबाट भएका निर्णय अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
साझा अर्थ संवाददाता