पात्रो

रेडियो

समाचार खोजी

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच  भेटवार्ता

साझा अर्थ संवाददाता २८ साउन २०८१, सोमवार

काठमाडौँः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।
भारतीय विदेश सचिव मिस्री दुईदिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुग्नुभएको थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता