पात्रो

रेडियो

समाचार खोजी

भारतीय च्यानलसँग नझुक्न सरकारलाई व्यवसायीको सुझाव

साझा अर्थ संवाददाता २८ साउन २०८१, सोमवार

पछिल्लो समय भारतीय च्यानलले नेपालमा प्रसारण आफै बन्द गरेर सरकारसँग गुहार गरेपछि नेपालका व्यवसायीले सरकारलाई सचेत गराएका छन्।

नेपालका केवर टीभी व्यवसायीहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गर्दै सचेत गराएका हुन्।

सरकारल लागु गरेको अलाकार्टा प्रणाली असफल बनाउन ओटीटी सञ्चालकसँगको सेटिङमा उनीहरू लागि परेकाले यसमा नझुक्न उनीहरूले सरकारलाई सचेत गराएका छन्।

सरकारले अलाकार्टा प्रणाली लागु गरेसँगै नेपालमा ग्राहक घटेपछि लागत बढेको भन्दै अचानक भारतीय च्यानलले नेपालमा लाइन काटेका थिए। लाइन काट‍ेपनि उनीहरूले ओटीटी र डीटीएचबाट भने नेपालमा सेवा दिइरहेका छन्।

नियमनबाहिर रहेर अवैध प्रसारण रोक्नुपर्ने र उपभोक्ताको हितमा ल्याएको प्रणाली लागु गर्न सरकारलाई उनीहरूले सुझाव पनि दिएका छन्।

222 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु