राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण
सुर्खेतः नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । बुधवार नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य परीक्षण गरिएको हो ।
नबिलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको नविल बैंकले जनाएको छ ।
शिविरमा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरेको थियो ।
राउटे समाज मुख्यतः सुर्खेत तथा कर्णाली प्रदेशका आसपासका जिल्लाहरूमा बसोबास गर्दै आएको छ । यस समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली, र सरसफाइको अभावका कारण विभिन्न रोगहरू देखा पर्ने समस्या रहेको कारण यो समाजलाई केन्द्रित गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा राउटे समुदायका मुखिया तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले नेपालकै लोपोन्मुख जातीको बस्तीमा आएर स्वास्थ्य शिविर चलाउनु सराहनीय कार्य रहेको बताउनुभयो । राउटेहरूको समग्र विकासको लागि गाउँपालिका लगायत समग्र प्रदेश र संघीय सरकारको नै मुख्य जिम्मेवारी रहेको उहाँको भनाई थियो । विपन्न समाजको सामाजिक उन्नयनमा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्दा अझ सजिलो भएको उहाँले बताउनु भयो ।
नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
43
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्यूटिकल्सले पायो आइपीओ स्वीकृती
-
पक्क्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै
-
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
-
माघ १० सम्म कायम शेयरधनीलाई पाँचथर पावरको शतप्रतिशत हकप्रद
-
साताको अन्तिम दिन ७.३३ अंक घट्यो नेप्से
-
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण