पात्रो

रेडियो

समाचार खोजी

तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै

लामाखुट्टेको टोकाई बाट बच्न स्वास्थ्यकर्मीहरुको सल्लाह

साझा अर्थ संवाददाता २६ साउन २०८१, शनिवार

तनहुँः तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको पाइएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको पाइएपछि डेंगु सङ्क्रमण बढ्दै गएको पाइएको हो ।
जिल्लाका व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको  छ । कार्यलयका अनुसार व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेङ्गी पुष्टि भएको छ ।  जिल्लाका सरकारी अस्पताल तथ  निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो । डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ । पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय रहेको स्वास्थ्य कर्मीहरुको भनाई रहेको छ । 

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता