प्राधिकरणको नाफा कागजी होइन: कार्यकारी निर्देशक घिसिङ
आठ वर्षमा ३५ अर्बको संचित घाटालाई पूर्ति गरेर ४७ अर्ब संचित नाफामा पुर्याउँदा करिब ८२ अर्बको नाफा
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा कागजी नाफा मात्रै नरहेको बताएका छन् । कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले ३५ अर्बको संचित घाटा पूर्ति गरेर ४७ अर्ब संचित नाफामा पुर्याएको बताए ।
उनले भने, ‘विद्युत प्राधिकरणले विगत आठ वर्षमा ३५ अर्बको संचित घाटालाई पूर्ति गरेर ४७ अर्ब संचित नाफामा पुर्याउँदा करिब ८२ अर्बको नाफा देखिएको छ । त्यो नाफा डेडिकेटेड र ट्रंकलाइनको बिलले भएको होइन। त्यसको पनि केही अंश होला, तर ८२ अर्ब नाफा महालेखा परीक्षेकबाट तीन चार्टड एकाउन्टेट संस्थाले हरेक वर्ष गरेको अडिटबाट आएको विवरण हो।’
आर्थिक वर्ष २०७२र७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता घाटाका ती दिन फर्केर हेर्नुनपरेको घिसिङले जानकारी दिए। उनका अनुसार आव २०७३र७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै सुरु भएको प्राधिकरणको नाफाको इतिहास गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ संचित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड संचित नाफामा पुगेको घिसिङले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र आफूबीच प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको घिसिङले बताए ।
जसअनुसार ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष ९आव० २०७८र७९ र आव २०७९र८० मा क्रमश स् ९४।२३ र ९।९४ प्रतिशत अंक प्राप्त भएको उनले बताए । यस्तै आ।व। २००र८१ को मूल्याङ्कनको क्रममा रहेको घिसिङले बताए ।
उनका अनुसार आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२र७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए । तीन वर्षअघि ८९।७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले बताए ।
यस्तै आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ भने अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको घिसिङले बताए ।
विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरेको पनि घिसिङले बताए । सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पु¥याउन निःशुल्क मिटरसमेत वितरण गरिएको बताउँदै उनले बस्तिको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको बताए ।
आठ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको घिसिङले बताए । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको पनि उनले बताए । उनका अनुसार घर–घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ ।
135
Sharesपछिल्लो खबर
-
नयाँ वर्षको अवसरमा ‘दराज १.१ न्यू इयर मेगा सेल’ ७०% सम्म छुट
-
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
-
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
-
बोरा बिछ्याएर पढिरहेका विद्यार्थी र सात वर्षदेखि तलब नपाएका एक शिक्षकप्रति स्थानीय सरकार उदासीन भएको गुनासो
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
-
डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै