बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप जिप अनियन्त्रित भई रुखमा ठोकिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
साझा अर्थ संवाददाता