पात्रो

रेडियो

समाचार खोजी

गौरीशंकर गाउँपालिकामा ४८ दशमलब २८ प्रतिशत मतदान

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

दोलखाः दोलखाको गौरिशंकर  गाउँपालिकामा आज सम्पन्न गाउँपालिका उपाध्यक्ष पदको लागि भएको मतदानमा ४८ दशमलब २८ प्रतिशत मतदान भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रारम्भीक जानकारी अुनसार सो प्रतिशतमा मतदान भएको हो । 
कुल १५ हजार ७१८ मतदाता रहेकोमा ७ हजार ५८९ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । जुन कुलमतदाता संख्याको ४८ दशमलब २८ प्रतिशत हुनु आउँछ । गौरिशंकर गाउँपालिकामा कुल नौ वटा वडाहरु रहेका छन् ।

219 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु