गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिने प्रतिवद्धता
काठमाडौँ : वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाली कांग्रेस गोकर्णेश्वर नगर समिति वडा नम्बर ८ एकाई कार्य समितिले आज जोरपाटीस्थित बेशीगाउँमा आयोजना गरेको एक कार्यक्रमलार्य सम्बोधन गर्दै मन्त्री ठकुरीले उक्त प्रतिवद्धता जनाउनु भएको हो ।
कार्यक्रममा उहाँले काठमाडौँ उपत्यकामा पशुपतिनाथपछि धेरै धार्मिक पर्यटक आउने र पुरातात्विक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्वपूणर् गोकणर्ेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न प्रदेश मन्त्रालयले पहल गर्ने जानकारी दिनुभयो । पशुपतिनाथमा श्रीयन्त्रको पूजा, आराधना र गोकर्णेश्वरमा बालयन्त्रको पूजा, आराधना हुने भएकाले उत्तिकै महत्वको मानिने उहाँको भनाइ थियो । गोकर्णेश्वर महादेव मन्दिरका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पनि काम गर्ने मन्त्री ठकुरीले प्रतिवद्धता ब्यक्त गनुृभयो । कार्यक्रममा प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले आफू गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भएदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक विकासका लागि काम गरेकाले यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो । यस्तै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वर महादेव मन्दिरसँगै नगर क्षेत्रका सांस्कृतिक सम्पदाको विकासमा नगरले काम गरिरहेका उहाँले बताउनुभयो । वाग्मती नदीको उद्गमस्थल वाग्द्वारबाट देखि गोकर्णेश्वर महादेवमन्दिरसम्मको क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिनुपर्ने उहाँको माग थियो ।
159
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
-
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो
-
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल