काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम तीन जनाराज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले राज्यमन्त्रहरुको नियुक्ती तथा कार्यविभाजन गर्नु भएको हो ।
नवनियुक्त राज्यमन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रुपा बिक तथा ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्रीमा पूणर्बहादुर तामाङ नियुक्त हुनुभएको राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ । राज्यमन्त्रीहरुको नियुक्तीसँगै वर्तमान मन्त्रिपरिषद्को सदस्य सङ्ख्या २५ पुगेको छ ।
साझा अर्थ संवाददाता