काठमाण्डौ । नेपालको घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेर १ लाख ६२ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको कारोबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।
साझा अर्थ संवाददाता