तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ को काउरेमा पहिरोमापरी ज्यान गुमाउनेका परिवारलाई राहत प्रदानगरिएको छ । पहिरोबाट ज्यान गुमाएका ब्यक्तिका परिवारलाई संघीय सरकारको तर्फबाट ६ लाख रुपैयाँ प्रदान गरिएको हो ।
असार २२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका ब्यक्तिका परिवारलाई राहतप्रदान गरिउको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । कुल तीन परिवारलाई प्रतिमृतक २ लाखका दरले जम्मा ६ लाख रकम प्रदान गरिएको उहाँको भनाई रहेको छ । यस्तै गण्डकी सरकारकातर्फबाट पनि मृतकका परिवार लाई ५० हजारका दलरले राहत प्रदान गरिसकिएको छ । यस्ते पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक रु ५० हजारका दरले रकम प्रदान गरेको छ ।
साझा अर्थ संवाददाता