पात्रो

रेडियो

समाचार खोजी

चार करोडको लागतमा जुम्लामा खानेपानी आयोजना बनाइँदै

साझा अर्थ संवाददाता १७ साउन २०८१, बिहिवार

जुम्लाः तिला गाउँपालिका-१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ । 
गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत रु एक करोड ५० लाख प्राप्त भएको थियो । आयोजनाका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) बाट रु ९५ लाख र पालिकाले रु एक करोड १० लाख व्यहोर्नेछ । 
गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुनेछन् । तिला-६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ । 
यसैबीच, कनकासुन्दरी गाउँपालिका-४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ । पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् । पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित रु चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो । यो पुल ३० मिटर लामो छ । (रासस)

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ